April 9, 2025 04:35:04 AM Menu

Welcome
उँदो  ४ मंसिरमा हुने संविधानसभा निर्वाचनका लागि तयार पारिएको सुरक्षा योजनामा व्यापक फेरबदल भएको छ । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन बुधबार गृह मन्त्रालयले यसअघि तयार गरेको सुरक्षा योजना व्यापक परिवर्तन गरेको हो । गृहले सो सुरक्षा योजना लागू गर्न बुधबार नै मातहत निकायलाई सर्कुलरसमेत गरेको छ । मन्त्रालयका सहसचिव शंकर कोइरालाको संयोजकत्वमा बनेको सुरक्षा योजना कार्यान्वयनअगावै सार्वजनिक भएपछि परिवर्तन गरिएको स्रोतले जनाएको छ ।
गृह स्रोतका अनुसार सुरक्षामा प्रहरीको भूमिकालाई बलियो बनाउँदै सशस्त्र प्रहरी र नेपाली सेनालाई सहयोगी बनाइएको छ । ‘सेना अनुगमनमा रहनेछ, साधन, स्रोतसम्पन्न भएकाले सेनाले प्रहरीको समन्वयमा मात्र हस्तक्षेप गर्नेछ,’ मन्त्रालय स्रोतले भन्यो, ‘सुरक्षाको विषयमा यस योजना निकै गोप्य हुनेछ, जसले गर्दा रणनीति र योजना परिस्थितिअनुसार स्थानीय कमान्डरले नै निर्णय गरी परिवर्तन गर्न सक्ने व्यवस्था गरिएको छ ।’ गृहमन्त्री माधव घिमिरेले आयोजना गरेको प्रहरी अधिकृतको बैठकमा स्थानीय आवश्यकता अनुसार सुरक्षा अधिकारीलाई गोली हान्नेसम्मको अधिकार दिन माग गरेका थिए । सोहीअनुसार स्थानीय कमान्डरलाई परिस्थितिअनुसार निर्णय गर्ने अधिकार दिइएको हो ।
गृहले सुरक्षा योजनालाई अत्यन्त गोप्य राख्न र सोहीअनुसार परिचालन गर्न मातहत निकायलाई निर्देशन दिएको छ । सेनाको भूमिकाको सवाललाई लिएर बढी टीका–टिप्पणी सुरु भएपछि मन्त्रालयले अनुगमनमूलक भूमिका दिएको हो । योजनाअनुसार निर्वाचनको अघिल्लो रातिदेखि नै अनुमति लिएका सवारीसाधनबाहेक मतदान केन्द्र नसकिएसम्म सवारीसाधन आवागमनमा पूर्णतः रोक लगाइने छ । निर्वाचन बहिष्कार गर्ने समूहले तोडफोड, आगजनी, मतपेटिकालगायत निर्वाचन सामग्री लुटपाट गर्न सक्ने भएकाले त्यस्ता व्यक्तिलाई सुरुमै नियन्त्रणमा लिइने राजधानी दैनिकमा खबर छ ।
चुनावको दिन पनि हुन सक्ने हुलदंगा नियन्त्रण गर्न तीनओटै सुरक्षा निकाय सक्रिय हुनेछन् । ‘त्यसमा नेपाली सेनाले थप अनुगमन गर्नेछ, ठूलै घटना भए तत्काल उद्धार गर्नेछ,’ गृहका एक अधिकारीले राजधानीसँग भने, ‘मतगणना नसिकएसम्म र सकिएपछि पनि उम्मेदवारको सुरक्षाको जिम्मा जिल्ला सुरक्षा समितिले नै गर्नेछ ।’ सीमा क्षेत्रका जिल्लामा सीमापारबाट हुन सक्ने आवाञ्छित क्रियाकलाप रोक्न भारतीय सुरक्षाकर्मीहरूसँग समन्वय राखी दुई दिनअघि नै सीमा क्षेत्र बन्द गर्ने पनि योजनामा उल्लेख छ ।
उम्मेदवारको सुरक्षा कडा संविधानसभा निर्वाचनका लागि देशभरबाट राजनीतिक दलले प्रत्यक्षतर्फको उम्मेदवारी छनोट भएको सूची सार्वजनिक भएपछि उनीहरूको सुरक्षाको बारेमा नेपाल प्रहरीले विशेष योजना बनाएको छ । निर्वाचन बिथोल्न चाहने समूहले उम्मेदवारलाई टार्गेट बनाउन सक्ने भन्दै उनीहरूको सुरक्षालाई लिएर प्रहरीले सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई विशेष निर्देशन दिइसकेको छ ।
02 Oct 2013

1 comments:

  1. तपाईंलाई ऋण चाहिन्छ? के तपाईं एक वित्तीय संकटमा हुनुहुन्छ वा आफ्नो आफ्नै व्यवसाय सुरु गर्न पैसा चाहिन्छ? के तपाईं आफ्नो ऋण वा वेतन बिल सुल्झाउन वा राम्रो व्यवसाय सुरु गर्न एक ऋण चाहिन्छ? कम क्रेडिट स्कोर छ र तपाईं स्थानीय बैंक र अन्य वित्तीय संस्थाहरूबाट राजधानीको ऋण लिन गाह्रो हुनुहुन्छ? यहाँ तपाईंको संगठनबाट ऋण प्राप्त गर्ने मौका हो। हामी निम्न उद्देश्यहरू र थपका लागि विशेष ऋण प्रदान गर्दछौं। व्यक्तिगत ऋण, व्यापार विस्तार, व्यापार सुरुवात, शिक्षा, ऋण समेकन, निश्चित पैसा ऋण। हामी कम 2% ब्याज दर मा ऋण प्रदान गर्दछौं। आज हामीलाई सम्पर्क गर्नुहोस् ई - मेल brynmena222@gmail.com द्वारा

    ReplyDelete

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top