Welcome |
काठमाण्डौ । मस्तिष्कघातका बिरामीका लागि अत्यावश्यक औषधि नेपालमै उत्पादन सुरु भएको छ । औषधिको उत्पादन म्याग्नस फर्मा प्रालिले थालेको हो । नेपालमा पहिलो पटक म्याग्नस फर्माले सिटीकोलिन औषधि ब्राण्ड नाम ब्रानटोन राखि बजारमा ल्याएको कम्पनीका बजार निर्देशक सुधिर प्रकाश मास्केले जानकारी दिनुभयो ।
मष्तिष्कघात तथा मस्तिष्कमा हुने रक्तस्रावमा यो औषधि प्रयोग गरिने मास्केको भनाई छ । यो औषधि मस्तिष्क तथा स्नायु प्रणालीको चोटपटक तथा बिर्सने रोग डिमेन्सियामा पनि लाभकारी हुने उहाँको भनाई छ । नेपालमा उत्पादन सुरु भएपछि विदेशवाट हुने औषधिको आयातमा कमि आउने कम्पनीको दावी छ । औषधि बिदेशी ब्राण्डको तुलनामा सस्तो तथा उच्च गुणस्तरीय हुने कम्पनीको दाबी छ ।
0 comments:
Post a Comment