April 12, 2025 Menu

Welcome
कास्कीको हेम्जाबाट हतियारसहित ३ जना पक्राउ परेका छन् । बिशेष सुराकीको आधारमा प्रहरीले हेम्जा गाउँ विकास समिति वडा नम्बर १ मा रहेको सुजन हाईवे रेष्टुरेण्टमा खानतलासी गर्ने क्रममा विभिन्न प्रकारका हतियारसहित नुवाकोटको किम्ताङ्का ३६ वर्षका विक्रमसिंह तामाङ्ग, सोही ठाउँका ४४ वर्षका रिल्तो तामाङ्ग र मोरङ्गको मधुमल्लाका ४१ वर्षका नगेन्द्र कुमार लामिछानेमगरलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १ थान रसियन पेस्तोल, पेस्तोलमा लाग्ने ३ राउण्ड गोली, सर्टगन एकथान, सोको ८ राउण्ड गोली, ९ थान खोका तथा ३६ पिस छर्रा र केही बारुद समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुन्धान थालिएको कास्कीका प्रहरी प्रवक्ता राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।
29 Sep 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top