Welcome
नेपाल टेलिकमको मोवाइल सेवा शनिबार विहानदेखि अवरुद्ध भएको छ । नेटवर्कमा समस्या आएका कारण काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा विहान साढे ६ बजेदेखि पोष्टपेड र प्रिपेड मोवाइल सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ । मोवाइल नचलेपछि उपभोक्ता समस्यामा परेका छन् । टेलिकमका अनुसार नेटवर्कमा आएको समस्या समाधानको प्रयास भैरहेको छ । केही घन्टाभित्रै मोवाइल सेवा सञ्चालन गर्ने गरी काम भैरहेको टेलिकमले जनाएको छ ।

0 comments:

Post a Comment

 
Top