Welcome
निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले मुलुकका विभिन्न शहरहरुमा विरोध सभाको गर्दैछ । मोर्चाले काठमाण्डौ, पोखरालगायतका शहरहरुमा सोमवार विरोध सभा गर्न लागेको हो । राजधानीको खुल्ला मञ्चमा हुने विरोध सभालाई नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरण लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै कास्कीको पोखरामा आयोजित विरोध सभालाई नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चाले जनाएको छ । काठमाण्डौमा मध्यान्ह १२ बजेवाट विरोध जुलुस सुरु हुने छ भने विरोध सभा दिउसो १ बजे सुरु हुने छ । काठमाण्डौको हुनमानस्थान, बबरमहल, लैनचौर, चाबहिल, कालिमाटी, सोह्रखुट्टे, कुपण्डोललगायतका स्थानवाट आएका विरोध र्‍याली खुल्ला मञ्चमा आएर विरोध सभामा परिणत हुने मोर्चाले जनाएको छ ।
-

0 comments:

Post a Comment

 
Top