Welcome
नायकबाट निर्माता बनेका आर्यन सिग्देलका लागि यतिबेला दुई कुरा निक्कै महत्वपुर्ण छ । एक त हालै मात्र ईन्गेजमेन्ट गरेकी प्रेमिका सपना भण्डारी त अर्को चलचित्र ‘नोभेम्बर रेन’ ।आर्यन कुनै पनि कार्यक्रममा यतिबेला सपना र ‘नोभेम्बर रेन’कै प्रश्नले घेरिने गरेका छन् । उनै नायक सिग्देलको समेत लगानी रहेको भनिएको चलचित्र ‘नोभेम्बर रेन’को धरान छायांकन सकिएको छ ।
धरानमा चलचित्रको ४० प्रतिशत छायांकन सकेको निर्माण यूनिटले बाकी ६० प्रतिशत छायांकन काठमाण्डौमा गर्नेछ । चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, छुल्तिम गुरुङ लगायतका कलाकारको अभिनय छ ।
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भइरहेको यो सिनेमालाई सुवास गिरीले निर्माण गरेका हुन् । काठमाण्डौमा चलचित्रको छायांकन बिहिबारबाट सुरु गरिने निर्माता गिरीको तर्क छ ।
दिनेश रावतले निर्देशन गरिरहेको यो चलचित्रले माया प्रेमको कथा बोल्छ । प्रेम दिवसको अवसर पारेर देशभरका हलमा चल्ने तयारीमा लागेको चलचित्रको धरान छायांकनका केही तस्बिरहरु निर्माण यूनिटले अनलाइनखबरलाई उपलब्ध गराएको छ ।aaryana-and-chulting
aaryana-sigdel
namarata-and-chulting
namrata-shrestha

0 comments:

Post a Comment

 
Top