Welcome |
तिबेला नायिका सुमिना घिमिरेको चर्चा अभिनयले भन्दा पनि ग्ल्यामर छविका कारण धेरै छ । पछिल्ला समयमा उनले अभिनय गरेका अधिकांश चलचित्र एडल्ट सर्टिफिकेटले सिंगारिएका छन् । यसैले पनि सुमिना एडल्ट नायिकाको रुपमा परिचित हुँदै गएकी छिन् ।उनै सुमिनालाई स्टार बनाएर तयार पारिएको चलचित्र ‘स्टार’ यतिबेला देशभरका हलमा चलिरहेको छ । देशका केही स्थानमा भने यो चलचित्र कात्तिक ८ गतेबाट चल्नेछ । संचारकर्मी लक्ष्मण सुवेदी कार्यकारी निर्माता रहेको यो चलचित्रलाई महेन्द्र बुढाथोकीले निर्देशन गरेका हुन् । वुढाथोकी चलचित्रका निर्माता समेत रहेका छन् ।
चलचित्रमा सुमिनाका अलवा निरज बराल, श्याम घिमिरे, गणेश उप्रेती लगायतका कलाकारले अभिनय गरेका छन् । यतिबेला बजारका भित्ताहरुमा सुमिनाको ढाडमा ‘झकास छ ब्रो’ लेखिएको पोष्टर छ्याप्तछ्याप्ती छ । चलचित्रको व्यापारका बारेमा निर्माता सुवेदी एब्रेज भन्छन् । अर्थात उनको भनाइमा सिनेमाले औषत व्यापार गरेको छ ।
नेपाली सिनेमाको भित्री कथालाई देखाइएको यो चलचित्रमा सुमिना घिमिरे मझैले खुलेकी छिन् । ग्ल्यामर दृश्य मात्र नभई उनका केही संवादले दर्शकलाई जिब्रो टोक्न वाध्य बनाउछ ।
0 comments:
Post a Comment