April 24, 2025 Menu

Welcome
४२ दिनसम्म थाइल्याण्डमा चलचित्रको सुटिङ सकेर ‘स्टूपिड मन’ यूनिट काठमाण्डौ फर्किएको छ । ३५ दिनको सेड्यूल बनाएर थाइल्याण्ड पुगेको चलचित्रको यूनिट प्राविधिक कारणबस केही समय ढिला नेपाल फर्किएको हो । मौसम र क्यामेराका कारण केही ढिला भएको निर्देशक दिवाकर भट्टराइले जानकारी दिएका छन् ।विवेक शाही र नायक निरज बरालको निर्माणमा तयार भएको यो सिनेमाको सम्पूर्ण छायांकन थाइल्याण्डमा नै गरिएको हो । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा निरज बराल, जीवन लुइटेल, चाँदनी शर्मा र रिजु श्रृष्ठको मुख्य भूमिका छ ।
चलचित्रको छायांकन सोचेको भन्दा राम्रो भएको भन्दै स्थानिय प्रशासन र थाइल्याण्ड सरकारबाट पनि राम्रो साथ पाएको निर्देशक भट्टराइको तर्क छ । चलचित्रले माया र प्रेमको कथा बोल्छ । थाइल्याण्डमा बस्ने युवक र उसको जीवनमा घेरिएको विभिन्न घटनाको सेरोफेरोमा स्टूपिड मन घुमेको छ ।
यसअघि ‘मेरो जीवन साथी’ बनाएका निर्देशक भट्टराइले ‘स्टूपिड मन’लाई पनि दर्शकले साथ दिने बताए । चलचित्रमा अर्जुन पोखरेलको संगीत, चन्द्र शर्माको द्वन्द्व, संजय लामाको छायांकन छ ।niraj-and-riju

27 Oct 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top