Welcome
फेशन शो आयोजना गर्ने दौडमा नेपालको सुन्दर शहर पोखरा निक्कै अगाडी छ । हालै मात्र ‘पार्टी ओजोन डटकम’ले पोखराको लेकसाइडमा फेशन शोको आयोजना गरेको छ ।‘ओजोन फेशन नाइट’ नाम दिइएको यो कार्यक्रमको सुरुवात पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ र्‍याम्प हिडेर गरिएको थियो । यसपश्चात पोखराका चर्चित ९ मोडलहरु र्‍याम्पमा उत्रिएका थिए ।
वीपेन गुरुङ र सपना गुरुङले कोरियोग्राफी गरेको फेशन शोमा नेपाली पोशाक पनि समावेश गरिएको थियो । फेशन शोमा नीओन लाइट, ईन्सेप्सन कक्टेल, लेडिज अन सप र ओजोन गरी ४ वटा सिक्वेन्स प्रस्तुत गरिएको थियो ।
नायिका निशा अधिकारी र्‍याम्पमा उत्रिएसँगै शो समाप्त भएको थियो । फेशन शो पश्चात विभिन्न डीजेहरुले मनोरञ्जन प्रदान गरेका थिए ।nisha-and-sadiksya
pokhara-fashion-show-1
sadikshya-shrestha
- S

0 comments:

Post a Comment

 
Top