Welcome
आगामी वर्षका लागि बजेट पास हुन नसकेपछि अमेरिकार बन्द भएको छ । अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र बन्द हुने भएका छन् । बजेट पास नभएसँगै ८ लाख कर्मचारीले काम गर्न पाउने छैनन् । यो बन्द २१ औं शताब्दिकै पहिलो हो ।
यसअघि १९९६ मा पनि तत्कालिन राष्ट्रपति बिल क्लिन्टन र रिपब्लिकनहरुको द्वन्द्वका कारण अमेरिकामा यस्तै बन्द भएको थियो । त्यतिबेला २ लाख ८० हजार कामदारले तीन दिनका लागि काम छोडेका थिए ।
राष्ट्रपति क्लिन्टन र मोनिका लेविन्स्किबीचको यौन सम्बन्धका विषयमा विवाद बढ्दै जाँदा अमेरिका बन्द हुने अवस्था सिर्जना भएको थियो ।
यस्तै रोनाल्ड रेगन्सको पालामा पनि १९८१ को नोभेम्बर र १९९० मा पनि अमेरिका बन्द भएको थियो ।
त्यस्तै अक्टोबर १ १९८० मा तत्कालिन राष्ट्रपति जिमी कार्टरको पालामा पनि एक दिन बन्द भएको थियो । त्यसतै सन् १९०० अघि पनि विभिन्न समयमा यस्तै समस्याका कारण अमेरिकामा बन्द भएको थियो ।
एजेन्सीको सहयोगमा

0 comments:

Post a Comment

 
Top