Welcome |
मानिसको सरीरमा हातगोडामा गरी जम्माजम्मी २० वटा औँला हुन्छन् । तर भारतमा
भने ४० वटा औँला भएकी बालिकाको जन्म भएको छ । भारतको झारखण्डस्थित लातेहार
जिल्लाको बालुमाथ अस्पतालमा शनिबार ४० वटा औँला भएकी बच्ची जन्मिएकी हुन् ।
शेरगडाकी बासिन्दा शमा परविनले जन्माएकी यी बालिकाको मुखमा दाँत पलाइसकेका
छन् तर जिब्रो भने छैन । उनका हरेक हात र खुट्टा सबैमा दश दश वटा औँला छन् ।
बच्ची स्वस्थ रहेको डाक्टरहरुको भनाइ छ । ४० वटा औँला भएको बच्चा जन्मिँदा
अस्पतालका सबै मान्छे छक्क परे । ४० वटा औँला भएको बच्चा जन्मिएको पहिलो
घटना भएको बताइन्छ ।
0 comments:
Post a Comment