Welcome
बलिउड नायिका प्रियंका चोपडाको परिचय बदलिएको छ । एल्बम बजारमा ल्याएपछि पि्रयंका नायिका मात्र नभएर गायिका पनि बनेकी छिन् । उनै गायिका चोपडाले चलचित्रको पर्दामा अन्य हिरोइनहरुको लागि गीत गाउन ईच्छुक रहेको बताएकी छिन् ।‘गीत राम्रो भएको खण्डमा अन्य हिरोइनको लागि आवाज दिन मलाई कुनै आपत्ती छैन’, प्रियंकाले भनेकी छिन् । उनले आफूले यो अवसर पाएमा निक्कै रमाइलो अनुभुती गर्ने तर्क गरेकी छिन् ।
चलचित्रको पर्दामा गायिकाको आवाजमा ओठ मात्र चलाउँदै आएकी प्रियंकाले अन्य नायिकाहरुका लागि आवाज दिएको खण्डमा पक्कै पनि यो रोचक हुनेछ । बलिउडमा नायक अक्षय कुमार, अमिताभ बच्चन लगायतका कलाकारले चलचित्रका लागि गीत गाइसकेका छन् ।


0 comments:

Post a Comment

 
Top