Welcome
२३ असोज,। भ्रष्टाचारको मुद्दामा जेल जीवन विताइरहेका कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्का आज रिहा भएका छन् । डिल्लीबजार कारागारमा रहेका उनले अदालतको आदेश पालना गर्दै जेलजीवन विताएका थिए । उनी विहान ११ बजे सदरखोर डिल्लीबजारबाट रिहा भएका हुन् ।
रिहा भए लगत्तै खड्काले आफ्नो कार्ययोजनासहितको विवरण पेस गर्ने भएका छन् । डिल्लीबजार करागार परिसरमै पत्रकार सम्मेलन गरेर खड्काले आफ्नो जेल जीवन, भाबी कार्ययोजना र आफ्नो भूमिकाका बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी दिने तयारी गरेका छन् ।  खड्काको रिहाइका क्रममा डिल्लीबजार जेल बाहिर उनका समर्थकहरूको भीड लागेको छ । वीपी कोइरालाको तस्वीर अंकीट टिसर्ट र क्याप लगाएका खड्काका समर्थकहरूले उनको समर्थनमा नारा जुलुस गरेका छन् ।
रिहा भएलगतै खड्काले कार्यकर्तालाइ सम्वोधन गर्दै छोटो मन्तव्य पनि राखेका थिए । उनले सम्वधोनमा मंसिर ४ मा हुने संविधानसभाको चुनावमा सबैले भाग लिने वातावरणा बनाउन अपिल गरे ।
आफ्नो सम्पत्तिको स्रोत खुलाउन नसकेपछि खड्कालाई सर्वोच्चले २०६९ साउन ३० मा भ्रष्टाचारी ठहर गरेको थियो । उनलाइ डेढ वर्ष कैदका साथै ९४ लाख १४ हजार एक सय २२ रुपिया र सो बराबरको जरिवाना असुल गर्नेसमेत फैसला सर्वोच्चले गरेको थियो ।
खड्का विगतमा पटक-पटक मन्त्री हुँदा अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुछिएका थिए । खड्काले पदको दुरुपयोग गरी दुई करोड ३६ लाख ८७ हजार रुपियाँ बराबरको सम्पत्ति आर्जन गरेको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०५९ साल कात्तिक ४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, मुद्दामा विशेष अदालतले खड्कालाई सफाई दिएपछि अख्तियारले ०६३ साल चैत १५ गते सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।

0 comments:

Post a Comment

 
Top