Welcome
बलिउडमा अन्य कलाकारको भूमिका काट्न नायक अक्षय कुमार माहिर नै मानिन्छन् । अक्षयले अन्य कलाकारको भूमिकालाई धेरै नै काटेर आफूलाई हाबी बनाउँदै आएका छन् । तर यो भिडमा अब बलिउडका अर्का चर्चित नायक आमिर खान पनि परेका छन् । डीसेम्बर महिनामा प्रदर्शनमा आउन लागेको चलचित्र ‘धुम थ्री’मा पनि आमिर आफ्नै सहकर्मी कलाकारको भूमिकामा कैची चलाएका छन् । आजसम्म सिनेमाको सम्पादनबाट यसका निर्माता आदित्य चोपडाले आमिरलाई टाढा राख्दै आएका थिए । तर चलचित्रको फाइनल सम्पादनमा भने आमिर खान टाढा रहन सकेनन् ।
जसका कारण नायिका कट्रिना कैफ र नायक अभिषेक बच्चनको भूमिका मज्जैले काटिएको छ । भारतिय संचारमाध्यमहरुको अनुसार कट्रिना र अभिषेकको भूमिकालाई छोटो बनाउँदै आमिरले आफूलाई ‘धुम थ्री’मा हाबी बनाएका छन् ।
यो बर्षकै प्रतिक्षित चलचित्र ‘धुम थ्री’ डीसेम्बरको अन्तिम शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा आमिर खान एक चोरको भूमिकामा देखिदैछन् ।

0 comments:

Post a Comment

 
Top