Welcome
कलिउडमा दुई चकलेटी हिरो जीवन लुइटेल र आर्यन सिग्देल बिच चलचित्रको व्यापारिक भिडन्त छ । कोही जीवनलाई नम्बर १ नायक भन्न पछि पर्दैनन् भने कसैको नजरमा बिबाह गर्न तम्तयार आर्यन नै नम्बर १ नायक हुन् ।कलाकारको भविष्य र स्थान निर्धारण चलचित्रको व्यापारले गर्छ । व्यापारिक रुपमा आर्यन भन्दा जीवन धेरै माथि रहेको स्पष्ट छ । रेखा फिल्मस्को ब्यानरमा तयार भएका केही सिनेमालाई छोड्ने हो भने आर्यनका सिनेमाले खासै व्यापार गरेका छैनन् । यो बर्ष मात्र आर्यनले अभिनय गरेका ‘मधुमास’, ‘महशुश’, ‘दबाब’ले लगानी उठाउन सकेनन् ।
यता नायक जीवन लुइटेलले अभिनय गरेको चलचित्र ‘विन्दास २’ ले यो बर्ष मात्र व्यापारिक रुपमा निर्माताको पैसा जोगायो । जीवनले नै अभिनय गरेका ‘नोटबुक’, ‘रिदम’ गतबर्ष सर्बाधिक सफल भएका थिए । एक पछि अर्को सफल सिनेमा दिएकाले पनि यतिबेला जीवनको माग बजारमा बढ्दै गएको देखिन्छ ।
तर नायक आर्यन सिग्देल भने एउटा सफल सिनेमाको खोजीमा भौतारिरहेका छन् । अब उनको यो बर्ष मात्र चलचित्र ‘लोफर’ र ‘नोभेम्बर रेन’ प्रदर्शनको तयारीमा छन् । जीवन यतिबेला चलचित्र ‘स्टूपिड मन’, ‘सुकुलगुन्डा’, ‘सिसा’, ‘नाई नभन्नु ल २’ को छायांकनमा व्यस्त छन् ।
नेपाली सिनेमाका २ चकलेटी हिरोको टकरावले सिने बजारमा विभिन्न खालका टिप्पणी त पाएको नै छ । उसो त जीवन र आर्यन एक अर्कालाई राम्रो साथी पनि मान्दै आएका छन् । तर पनि व्यापारिक रुपमा आर्यन भन्दा जीवनले धेरै नै फड्को मारेको देखिन्छ । चलचित्र पण्डितहरु आर्यनको करिअर संकटमा परेको विश्लेषण गरिरहेका छन् ।

0 comments:

Post a Comment

 
Top