April 17, 2025 Menu

Welcome
पछिल्लो चलचित्र ‘रामलीला’ सफल भएपछि बलिउडमा नायिका दीपिका पादुकोणको माग ह्वात्तै बढेको छ । यो सँगै दीपिका बलिउडमा सबैभन्दा बढि पारिश्रमिक लिने नायिकाको सूचिमा पनि परेकी छिन् । यो चलचित्रले पादुकोणलाई मात्र नभई नायक रणवीर सिंहलाई पनि फाइदा पुर्‍याएको छ ।दीपिका र रणवीरको जोडीलाई पर्दा बाहिर पनि चर्चा गर्ने गरिन्छ । तर यि दुइले एकअर्काको सम्बन्धलाई नकार्दै आएका छन् । हालै मात्र मुम्बइमा आयोजना भएको एक अवार्ड कार्यक्रममा रणवीरले दीपिकालाई चुम्बन गरेपछि फेरी यि दुईको चर्चा सुरु भएको छ । पुरुषतर्फको ‘इन्टरटेनर अफ द इयर’को अवार्ड पाएपछि रणवीरले दीपिकालाई चुम्बन गरेका हुन् ।
केही समय अघि मात्र पनि दीपिकालाई अंगालोमा बाधेर रणवीर चुम्बन गरेको तस्बिर सार्वजनिक भएपछि हलचल मच्चिएको थियो ।

25 Nov 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top