April 16, 2025 03:45:23 PM Menu

Welcome
संचारकर्मी तथा निर्माता कुमार आचार्यले बनाएको चलचित्र ‘बर्दी’को सम्पादन सुरु गरिएको निर्माणपक्षले जनाएको छ । छायांकन सकिएको ५ महिना पछि चलचित्रको सम्पादन सुरु भएको हो । प्राविधिक कारणले गर्दा सम्पादन ढिलो भएको निर्माणपक्षले जनाएको छ । विजयविक्रम बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रमा अनु शाह, रुपा खनाल, कुशल थापा, विरेन डीसी लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रले सुरक्षा निकायको उपस्थिती समाजमा नुहँदा अवस्था कस्तो हुन्छ भन्ने देखाउन खोजेको छ । चलचित्रलाई रविन्द्र खड्काले सम्पादन गरिरहेका छन् ।
चलचित्रमा सानु महर्जनको द्वन्द्व, विकास चौधरीको संगीत, प्रदिप श्रेष्ठको नृत्य निर्देशन, गणेशकुमार श्रेष्ठको छायांकन छ । चलचित्रको छायांकन हेटौडा, सर्लाही, जनकपुर लगायतका क्षेत्रमा गरिएको छ । चलचित्रमा विरेन र अनु, कुशल र रुपाले रोमान्स गरेका छन् ।

28 Nov 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top