Welcome |
भारतको चर्चित पत्रिका तहल्का सम्पादक तरुण तेजपालमाथि लागेको यौन शोषणको आरोप चर्चा सेलाउन नपाउँदै अमेरिकामा एक सीईओमाथि यौन शोषणको आरोप लागेको छ ।
फरक यत्ति हो कि अधिकांश घटनामा पुरुषमाथि यौन शोषणको आरोप लाग्छ । तर, न्यूयोर्कको यो घटनामा भने आरोपित सीईओ महिला छिन् ।
आर्ची कोमिक्सका सीईओ ५९ वर्षीया नान्सी सिलबरकेटविरुद्ध कम्पनीको पे्रसिडेन्ट एवं एडिटर एन चिफसहितका ५ कर्मचारीले उजुरी दिएका हुन् । २००८ मा पति लुई सिलबरकेटको निधनपछि नान्सी आर्ची कोमिक्सको सीईओ बनेकी हुन् ।
नान्सीले अधिकांश समय पेनिस पेनिस भनेर कराउने गरेको र नामको सट्टा गोप्य अंगको नाम लिएर बोलाउने गरेको उनीअरुको आरोप छ ।
न्यान्सीले भने आरोपलाई षड्यन्त्र भनेकी छिन् । प्रेसिडेन्टले आफूलाई यौन सम्पर्कको प्रस्ताव गरेको तर, आफूले अस्वीकार गरेपछि यस्तो आरोप लगाएको समेत उनको दावी छ । साथै उनले के पनि भनेकी छिन भने यस्तो आरोप लगाउने सवै गोराहरु भएको कुनै आरक्षण पाउनुपर्ने समुदायबाट नभएकाले उनीहरुलाई त्यस्तो भन्नु शोषण नहुने जिकिर गरेकी छिन् ।
0 comments:
Post a Comment