Welcome |
'म आँसु रोक्न चाहिरहेको छु । तर रोक्नै सकेको छैन । साँच्चै एउटै मान्छे
(प्रशिक्षक पुवुदु दासानायके) को सोचले मात्र हामी विश्वकपमा पुग्यौं ।
हामी सबै मिलेर किन देश निर्माण गर्न सक्दैनौं ?' अन्नपूर्ण होटलमा मंगलबार
आयोजित सम्मान कार्यक्रममा पोडियम पुगेका पारसले सुँक्क-सुँक्क गर्दै भने ।
पारसकै नेतृत्वमा नेपालले भखैरै यूएईमा ट्वान्टी-ट्वान्टी विश्वकपको
यात्रा तय गरेको थियो ।
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत नेपाल सरकारका अन्य मन्त्री
तथा विभिन्न व्यवसायीसहित खेलकुदका पदाधिकारीहरूको अघि उनले थपे, 'हामी
मैदानमा अन्तिम समयसम्म सारा नेपालीको खुसीका लागि मात्र खेल्छौं ।' सधै
स्ट्रङ, कुल र स्पस्ट वक्ताका रूपमा
बोल्ने पारसले पहिलो पल्ट करिब २ सय मानिस उपस्थित हलमा भावनात्मक बोल ल्याएका थिए ।
क्यानले विश्वकप पुगेको नेपाली टिमका २० सदस्यीय
-१५ खेलाडी र ५ अन्य) लाई जनही १ लाख रुपैयाँले सम्मान त्यसै अवसरमा
गर्यो । पारस बोल्नुअघि नेपालीको समस्यालाई लिएर राष्ट्रिय खेलकुद परिषद्
-राखेप) का सदस्य-सचिव युवराज लामा पनि रोएका थिए ।
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले टिमलाई धन्यवाद दिँदै सरकारले आवश्यक काम गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयमा पत्र पठाइसकेको बताए ।
प्रशिक्षक पुवुदुले आफू नेपालमा पहिलोपल्ट आउँदा टिमलाई विश्वकप पुर्याउने प्रतिबद्धता गरेको उद्धृत गर्दै भने, 'त्यो अहिले सफल भएको छ ।' उनले थपे, 'हामी अब अर्कै स्तरमा छौं । अझै अघि बढ्न खेलाडीले धेरै मिहिनेत गर्नेछन् । हामीलाई सबैको सहयोग चाहिन्छ । न्युजिल्यान्डबाट र्फकंदा यस्तै अर्को दिनको आशा छ । हामी अर्को विश्वकपमा पनि छनोट हौैं ।' गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले सरकार क्रिकेटलाई अघि बढ्नका लागि चाहिने काम गर्न प्रतिबद्ध रहेको बताए ।
-

0 comments:
Post a Comment