Welcome
नयाँ दिल्ली । बाँच्नु मात्र पर्छ के–के सुन्न र देख्न पाइन्छ भन्थे साँचो रहेछ । यस्तै भएको छ भारतमा । भारतको पश्चिम बंगालको एक गाउँमा तथाकथित पञ्चायतको थुक चाट्ने आदेश पालना नगरेकै कारण अर्को दिन एक १५ वर्षीया युवतीको नाङ्गो लास भेटिएको छ । उनको नाङ्गो लास रेलको ट्र्याकमा फालिएको अवस्थामा भेटिएको बताइएको छ ।

घटनाको वास्तविक रुप यस्तो रहेको छ । उनि आफ्नो बुवालाई गाउँको पञ्चायतले पिट्ने कुरा थाहा पाएर बिरोध जनाएका कारण उक्त किशोरीले आफ्नो ज्यान गुमाउनु परेको हो । खेती गर्नका लागि भाडामा लिएको पावर ट्रेलरको पैसा भुक्तान गर्न नसकेका कारण किशोरीको बुवालाई पञ्चायतले दण्डित गर्ने फैसला सुनाएको थियो । जब किशोरीले गाउँलेलाई आफ्नो बुवालाई पिट्नबाट रोकिन् तब उनीहरुको रिस ती बालिकामाथि खनियो ।

उनलाई गाउँलेहरुले यसो गरेकोमा गल्ती गरेको छ गल्ती सच्याउनका लागि थुक चाट्न आदेश दिएका थिए । त्यो आदेशपनि नमानेपछि उनीहरु रिसले क्रुरुर भएको जनाइएको छ । सो घटना भएको केहिसमय पछी हराएकी ति किशोरीको लास भोलीपल्ट बिहान रेलको ट्र्याकमा फालिएको अवस्थामा भेटियो । किशोरीको परिवारले बलत्कार र हत्याको आरोप १३ जना माथि लगाएका छन् भने अहिलेसम्म प्रहरीले एकजना आरोपीलाई मात्र पक्राउ गर्न सफल भएको छ ।

0 comments:

Post a Comment

 
Top