Welcome
२ कात्तिक, काठमाडौं । यस वर्ष तिहारको भाइटीकाको साइत कात्तिक ८ गते बिहान ११ बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार अर्थात् यमपञ्चक पर्व यस वर्ष कार्तिक ४ गते मङ्गलबारदेखि सुरु हुँदैछ ।
४ गते काग तिहार, ५ गते कुकुर तिहार, ६ गते लक्ष्मी पूजा, ७ गते गाईपूजा, गोवर्द्धनपूजा र नेवार समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३५ एवम् म्हपूजा परेको छ ।
कात्तिक ८ गते शनिबार भाइटीका परेको छ । भाइटीकाको दिनलाई तिहारको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा मनाउने गरिन्छ । रासस

0 comments:

Post a Comment

 
Top