April 22, 2025 Menu

Welcome
आक्रमणमा परी घाइते भएका पत्रकार रेजिना रोदन र खेम बराल
आक्रमणमा परी घाइते भएका पत्रकार रेजिना रोदन र खेम बराल
३ कात्तिक, झापा । झापाबाट प्रकाशन हुने अर्जुनधारा दैनिक पत्रिकाकी सम्वाददाता रेजीना रोदन र नेपाल पत्रकर महासंघ झापाका कार्यालय सचिव खेम बरालमाथि धारिलो हतियार प्रहार भएको छ ।
आइतबार राति ९ बजेको समयमा उनीहरुमाथि आक्रमण भएको हो । कार्यालयको काम सकेर डेरा र्फकदै गरेका उनीहरुमाथि धारिलो हतियार प्रहार भएको थियो । आक्रमणबाट गम्भीर घाइते दुवैको मनमोहन मेमोरियल अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।
घाइते रोदनको टाउकोमा गम्भीर चोट लागेको छ । उनको टाउकोमा १४ टाँका गरिएको छ । त्यस्तै बरालको पनि टाउकोमै चोट लागेको छ । उनको टाउकोमा नौं टाँका लगाइएको छ ।
करिब १० जनाको समूहले एक्कासी आक्रमण गरेको पीडितहरुले बताएका छन् । आक्रमणमा संलग्न भएको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालीका ६ का अमन सुब्बा, दुर्गा धिमाल र शनिश्चरे ९ का अनिश सुब्बा छन् । उनीहरुलाई मादक पदार्थ सेवन गरेको अवस्थामा पक्राउ गरिएको थियो ।
19 Oct 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top