Welcome |
असोज-२२, काठमाडौं । झन्डै डेढ महिनादेखि अबरुद्ध संसद सुचारु गर्न प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीबीच उच्च स्तरीय राजनीतिक समिति गठन गर्ने सम्बन्धमा ५ बुँदे सहमति भएको छ ।
आज बसेको प्रमुख तीन दलको बैठकले एमाओवादीले माग गर्दै आएको उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न सहमति जनाएपछि आजैदेखि संसद अबरोध हट्ने भएको छ । उच्च स्तरीय राजनीतिक समितिमा कांग्रेस, एमाले र एमाओवादीका तीन तीन जना प्रतिनिधि रहने छन् भने मधेसवादी दलका तर्फबाट ३ जना रहनेछन् ।
राप्रपा र नेकपा मालेका तर्फबाट एक एक जनाले समितिमा प्रतिनिधित्व गर्ने र अन्य एक दलका प्रतिनिधिका हकमा पछि निर्णय गर्ने सहमति भएको छ । संयन्त्रको संयोजक सुरुका दुई महिना एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गर्ने पनि सहमति भएको छ ।
0 comments:
Post a Comment