Welcome |
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गुल्मी क्षेत्र नम्वर २ का सभासद चन्द्र भण्डारीले सवै नेपालीहरुले अव धर्म परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् । अपाङ्गहरुका लागि गुल्मीको सदरमुकाम तम्घासमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै नेता भण्डारीले भने–‘ देउता पुजेर मात्र पुण्य कमाईदैन् मानविय सेवा गरे मात्र खास धर्म हुन्छ र पुण्य कमाईन्छ यसर्थ अव सवैले धर्म परिवर्तन गरेर मानविय सेवा गर्ने धर्म गरौं । ’
भोको पेटलाई खाना नदिने तर मन्दिरमा ढुङ्गाको मुर्तिलाई फलफुल,रोटी आदि चढाउनेहरुलाई इङ्गित गर्दै सभासद भण्डारीले भने–‘ अव त्यस्तो धर्म गरेर हुँदैन् गरिव असाहयहरुको उद्धार गरौं, त्यही नै ठुलो धर्म हो । ’ आफुले पनि सभासदको तलव भत्ताले गरिवका छोरा छोरीहरु पढाउँदै आएका बताउँदै उनले विदेशमा रहेका गुल्मेलीहरुले दुखी गरिवहरुको उद्धारका लागि गर्दै आएको सहयोगको खुलेर चर्चा गरे ।
अवको धर्म मात्र होईन् राजनिति पनि यस्तै हुनु पर्छ’– उनले थपे–‘ उपचार गर्न नसकेर विपन्न मानिसहरुको अकालमा ज्यान गएको छ ,जसलाई राज्यले जिम्मा लिनु पर्ने हो तर राज्यले गर्न नसकेको काम हाम्रा विदेशमा रहेका गुल्मेलीहरुले गरेका छन् उनिहरुप्रति म कृतज्ञ छु । ’ भण्डारीले गुल्मीका मिडियाहरुले विदेशमा रहेका नेपालीहरुसंग पुलको काम गरी रहेको चर्चा गर्दै आगमी दिनहरुमा पनि दुखी गरिवहरुका पिर–मर्काहरु सशक्त रुपले उठाउन आग्राह गरे ।
0 comments:
Post a Comment