Welcome |
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दाजु भाइमा मनमुटाव हुन सक्ने, धन हानिको योग रहेको छ, अपजस आइ लाग्ने, मानसिक असन्तोष दिन खराब छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आरोग्यता, एक्कासि धनलाभ हुन सक्ने, इष्टत्रिसँग भेटघाट हुनेछ, कार्यमा सफलता मिल्नेछ, दिन राम्रो छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – आफन्तसँग झगडा हुने, कार्यमा विध्नबाधा आइलाग्ने, पेट वा कम्मर रोगले सताउने, चिन्ता पर्ने समाचार सुन्नुपर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – गुमेको धन हातलाग्ने, पारिवारिक सहयोग पाइने, यश कीर्ति बढ्ने, पढाइमा मनजाने दिन राम्रो छ समय शुभ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – यात्रा असफल, खानामा गडबढी हुन सक्ने, कार्य अधुरा हरनेछन, छोराछोरीले सताउने, वायू रोगको संक्रमण हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – समाजमा झगडा बढ्नेछ, इज्जतमा आँच आउने, दिनभर मन चञ्चल रहनेछ, पेट रोग लाग्ने सताउनेछ, सतर्क रहनुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – शोक पर्ने समाचार सुन्नुपर्ला, एक्कासी विवाद पर्ने, नकारात्मक सोचाइले शत्रुबढ्ने जनताबाट पनि नोक्सानी मात्रै हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – शत्रुमाथि विजय, घरमा नयाँ चहलपहल, धनलाभ हुनेछ, सबै काममा राम्रो सफलता मिल्नेछ, समयको सदुपयोग गर्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – विद्यामा प्रगति हुनेछ, प्रेम प्रसङ्ग सफल रहनेछ, यात्रा फलदायी रहनेछ, आर्थिक वृद्धि हुन सक्ने, दिन शुभ छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – व्यापार व्यवसायमा घाटा, आफन्तले नै विरोध गर्ने, काम अधुरा रहनेछन, स्वास्थ्य राम्रै रहेपनि मनमा अशान्ति हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – मानसिक पीडा थपिनेछ, प्रेममा विछोड हुन सक्नेछ, आयश्रोत घट्ने, पारिवारिक झमेलाले पेशाप्रति रुचि घट्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – विदेशबाट धन प्राप्ति हुने, सबै प्रकारको कार्यमा सफलता मिल्नेछ, हर्ष र खुशीका समाचार सुन्नुपर्ला, सहयोग पाइनेछ ।
आजको शुभ, लाभ र अमृत बेला: आज २०७१ साल आश्विन २७ गते सोमबार बिहान ६:०१ बजेदेखि ७:३१ बजेसम्म चर बेला, बिहानमा ७:३१ बजेदेखि ९:०१ सम्म लाभ बेला, बिहानमा ९:०१ बजेदेखि १०:३१ बजेसम्म अमृत बेला, बिहानमा १०:३१ बजेदेखि १२:०१ बजेसम्म काल बेला, बिहान १२:०१ बजेदेखि दिनमा १:३१ बजेसम्म शुभ बेला, दिनमा १:३१ बजेदेखि ३:०१ बजेसम्म रोग दिनमा ३:०१ बजेदेखि ४:३१ बजेसम्म उद्वेग साँझ ४:३१ बजेदेखि ६:०१ बजेसम्म चर बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज दक्षिण बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकालको समय : बिहानमा १०:३० बजेदेखि १२:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.