| Welcome |
काठमाडौं । अवैध यौन सम्बन्धका कारण उत्पन्न आपसी विवादका क्रममा प्रेमिकाको हत्या गरी फरार रहेका काभ्रे सापिङ गाविसका निर्मल राज गिरीलाई प्रहरीले सोमवार उनकै गाउँबाट पक्राउ गरेको छ ।
सिन्धुपाल्चोकको सेलाङ गाविस घर भई ललितपूर च्यासलमा बस्दै आएकी ३० वर्षीया रिता थापाको करीव डेढ वर्षअघि हत्या भएको थियो ।
पेशाले बस चालक रहेका ३३ वर्षीय निर्मल र गृहिणी महिला रिता थापाबीच प्रेम सम्बन्ध रहेको र उनीहरुले एक पटक गर्भपतन समेत गराएका थिए । उनीहरु दुवैजना विवाहित रहे पनि २०६९ चैत १६ गते रिताको हत्या हुनुअघिसम्म दुवैजना रिताकै कोठामा बस्ने गरेको प्रहरीले जनाएको छ ।
गर्भपतन गराएपछि उनीहरुबीच पटक पटक विवाद हुने गरेको र विवादकै क्रममा निर्मलले रिताको घाँटी थिची हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
हत्यापछि फरार रहेका गिरीलाई महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले असोज २७ गते काभ्रेको सापिङबाटै पक्राउ गरी आवश्यक कारवाहीको लागि ललितपुर प्रहरीमा पठाएको एसएसपी पुष्कर कार्कीले बताए ।
0 comments:
Post a Comment