Welcome
8 limb childझण्डै ४ महिना पहिले ८ वटा हातखुट्टा सहित जन्मिएको बच्चाले अन्ततः नयाँ जिवन पाएको छ । युगाण्डामा जन्मिएको उक्त असामान्य अवस्थाको बच्चाको शल्यक्रिया गरी अनावश्यक हातखुट्टा हटाएपछि अहिले उसले स्वास्थ्य लाभ गरिरहेको छ ।
पूर्वी युगाण्डाको नाबिगिंगो गाउँमा मार्गारेट अविनो र बोनिफेस ओकोंगोको कोखबाट ८ हातपाउ भएको बालक पाउल मुसिका जन्मिएको थियो ।
त्यस्तो असामान्य बच्चा जन्मिएपछि अबिनो र ओकोंगोले उसलाई लिएर स्थानीय अस्पतालमा गए तर त्यहाँबाट बच्चालाई राजधानी कम्पालाको अस्पतालामा रिफर गरियो ।
अस्पतालका चिकित्सकहरुले त्यो बच्चाको चेकजाँच गर्दा उसका केवल ८ वटा हातखुट्टा मात्र नभै उसको सरीरमा एउटा अर्को अविकशित बच्चा नै टाँसिएको कुरा पत्ता लगाए ।
त्यो जुम्ल्याहा त्यस बच्चाको सरीरमा केवल बाहिरपट्टी मात्र टाँसिएको थिएन, हड्डी समेत जोडिएको थियो, अतिरिक्त छातिको विकाश भएको थियो र मुटु तथा कलेजो समेत गलत ठाउँमा थियो ।
त्यसैले ३ महिनासम्म त्यस बच्चालाई अस्पतालमै निगरानीमा राखेर बढ्न दिइयो । त्यसपछि ३ जना डाक्टरले ३ घण्टाको अथक प्रयासपछि अगष्ट तेश्रो साता शल्यक्रिया मार्फत उक्त बच्चाको सरीरमा टाँसिएको जुम्ल्याहाको अविकशित सरीर निकाल्न सफल भए । शल्यक्रिया पछि उक्त बच्चाको सरीरमा कुनै जटिलता नआएको र राम्रोसँग स्वास्थ्य लाभ गरेको डाक्टरहरुले बताएका छन् ।

0 comments:

Post a Comment

 
Top