April 17, 2025 Menu

Welcome
असोज-३१, काठमाडौं  लागूऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वयुवराज पारस शाह एक सातामा हिरासतबाट मुक्त भएका छन्। थाइल्यान्डस्थित उच्च स्रोतका अनुसार उनलाई बुधबार थाइल्यान्डको समयअनुसार साँझ ५ बजे जमानतमा रिहा गरिएको हो ।

स्रोतका अनुसार करिब १० लाख भाट तिरेर उनी रिहा भएका हुन्। अघिल्लो बुधबार पारसलाई थाई प्रहरीले अवैध लागूऔषध ५ दशमलव ८ ग्राम आईसीई भेनम र ९ ग्राम गाँजासहित पक्राउ गरेको थियो। उनको साथबाट पार्सलका लागि प्याकिङ गर्ने साइजमा पोका बरामद गरिएको थियो। पारस रिहा भएको खबरलाई वकिल साक्छाईले अति गोप्य राखेका थिए। पारस पक्राउ भएको विषयमा नेपालमा बढी अफवाह फैलिएका कारण पूर्वराजपरिवारका सदस्यले समेत घटनालाई गोप्य राखिदिन अनुरोध गरेका कारण वकिल साक्छाईले पारस रिहा भएको विषयलाई अति गोप्य राखेका हुन्। लुङखाई प्रहरीले १२ दिनभित्र पारसलाई तारिखमा छाडेको छ।

थाइल्यान्ड सरकारले समेत पूर्वयुवराज पक्राउ भएको घटनालाई विशेष चासो देखाएको छ। अब उपस्थित हुँदा उनको मुद्दा खारेज गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ। पारसको मुद्दालाई प्रहरी अनुसन्धानले नै फितलो गराएर उनलाई रिहा गरेको हुन सक्ने आँकलन गरिएको छ।


अदालतबाट जमानतमा रिहा भएलगत्तै पारस बुधबार लुङखाई पुग्नुभएकी सीताष्मा र केही नेपालीको साथमा बिहीबार थाइल्यान्ड आइपुगेका छन्। स्रोतका अनुसार उनी अहिले प्रेमिका कन्निकासँग टाढै रहेका छन्। परिवार र साथीसँग बैंककमा रहेका पारसलाई त्यहाँका नेपालीले समेत केही समयका लागि नेपाल फर्काउने प्रयास जारी राखेका छन्। करिब दुई महिनाअघि भिसाको म्याद सकिएपछि तीन महिना थप गरी स्टुडेन्ट भिसामा थाइल्यान्ड बसिरहेका पारसले लुङखाई अदालतबाट रिहा भएलगत्तै बैंकक पुग्दा समेत नेपाल नफर्कने चाहना व्यक्त गरेको थाइल्यान्डका एक नेपालीले बताए। तर पूर्वराजपरिवारले भने तिहारअघि नै नेपाल फर्काउने तयारी गरिरहेको छ। सीताष्माकै साथमा नेपाल फर्काउने तयारी भइरहेको पूर्वराजपरिवार निकट स्रोतले जनाएको छ।

पूर्वयुवराजको विषयमा नकारात्मक सन्देश जान थालेपछि परिवारले समेत पारसलाई नेपाल फर्काउन खोजेको छ। बाबु ज्ञानेन्द्र शाहलाई हृदयाघात हुँदासमेत नेपाल नआएका पारसलाई नेपालमै बसेर सुध्रनका लागि उनको परिवारले नेपाल ल्याउने तयारी गरिरहेको छ। गत फेब्रअरीमा अचानक अचेत भएका पारसलाई थाइल्याडको सुकुमित अस्पतालले ११ दिनसम्मको उपचारपछि थप सुधार गर्न चाङमाई सुधारगृहमा राखेको थियो।

सुधारकेन्द्रमै बस्दै आएका पारस चाङमाईबाटै लुङखाई गएका थिए। प्रहरीले उनलाई बीएमडब्ल्यू कारमा लागूऔषध फेला पारेर सार्वजनिक गरेको थियो। - नेपाल समाचार पत्र
16 Oct 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top