April 11, 2025 12:42:29 AM Menu

Welcome
काठमाण्डौं । प्रधानमन्त्री सुशील कोइरालासग भारतीय अभिनेता आमीर खानले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार दिउसो भएको भेटमा आमिरले नेपाल र भारत दुवै देशका बालबालिकामा कुपोषण समस्याको रुपमा रहेको भन्दै उनले दुवै देशमा ४० प्रतिशतभन्दा बढी बालबालिकामा पोषणको अभाव देखिएको बताए ।

प्रधानमन्त्री कोइरालाले दक्षिण एसियाको आर्थिक सामाजिक विकासका पछाडि परेको बताएका थिए । उनले बालबालिका अवस्थामा विगतको तुलनामा सुधार आए पनि विकसित मुलुकको समान पुग्न नसकेको बताए । उनले अव राजनीतिक स्थायित्व, दिगो शान्ति र विकासको मार्गमा लागेकोले आर्थिक सामाजिक अवस्थामा सुधार हुने बताए । मुलुकको आर्थिक सामाजिक विकाससंगै बालबालिकाको अवस्थामा पनि सुधार आउने उनको भनाइ छ ।

प्रधानमन्त्री कोइरालाले भारतीय चलचित्र जगतका चर्चित अभिनेता समेत रहेका खानलाई पोखरा जस्ता सुन्दर शहर घुम्ने फुर्सद मिलाएर आउन अनुरोध गरेका थिए । पदयात्रामा रुचि देखाएका खानले सपरिवार आउने इच्छा रहेको बताएका छन् । कपिलबस्तुको कार्यक्रम पछि बुधबार उनले भगवान गौतमबुद्धको जन्मस्थान लुम्बिनीको भ्रमण पनि गरेका थिए ।
09 Oct 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top