Welcome
अमेरिकाको लोवामा अहिलेसम्मकै सबै भन्दा फरक घटना सामुन्ने आएको छ । यहाँ १२ बर्षका लैन्डन जोन्स नाम भएका एक बच्चालाई कहिले पनि भोक-प्यासको अनुभव छैन । आमा-बुबा उक्त बच्चालाई केहि न केहि खुवाउन खोज्छन तर भोक-प्यास नलागे पछी ति बच्चा केहि खान तयार रहँदैनन् ।

ठीक १ बर्ष पहिले लैन्डनको अवस्था सामान्य थियो र सुत्नु पहिले खाना खाने गर्थ्यो । निन्द्राबाट उठेपछी स्कूलको तयारि, होमवर्क र कसरतमा ध्यान दिने गर्थ्यो । पहिले उसको ब्यबहार देख्नेहरुले उसलाई एनर्जेटिक भन्ने गर्थे, तर पछिल्लो १४ अक्टूबर पछी उसलाई भोक-प्यासको अनुभव हुन बन्द भएको छ ।

कयौं डक्टरहरुले उसलाई अलग-अलग औषधी दिएर ठीक पार्ने कोशिश गरे तर सबै बेकार भए । यही क्रममा मायो क्लीनिकका चाइल्ड न्यूरोलजिस्ट डा. मार्क पेटर्सनले भने अनुसार लैन्डनको उक्त केस संसारकै चिकित्सा क्षेत्रमा फरक र अचम्मको लागेको बताए । केहि विशेषज्ञले लैन्डनको भोक प्यास लाग्ने स्थानमा सिधा असर हुन सक्ने बताउछन तर पनि अहिले सम्म ठोस जवाफ कसैले दिन सकेका छैनन् ।

0 comments:

Post a Comment

 
Top