April 14, 2025 05:22:18 PM Menu

Welcome
३ मंसिर, काठमाडौं । अभिनेत्री केकी अधिकारीले बैंकले कालोसूचीमा राखेर लिलामीको सूचना निकाले पनि आफू र आफ्नो परिवारले आत्मविश्वास नगुमाएको बताएकी छन् ।


विभिन्न सञ्चारमाध्यममा सिभिल बैंकले उनको आरुबारी बेसीगाउँस्थित घरजग्गा लिलामीको सूचना जारी गरेको समाचार आएपछि अभिनेत्री केकीले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै विचलित नभएको प्रष्ट पारेकी हुन् ।

केकीका बुबा बद्री अधिकारीले लिएको ऋण तिर्न नसकेपछि बैंकले लिलामीको सूचना निकालेको थियो । केकीले फेसबुक पेजमा बुधवार यसबारेमा प्रष्ट पार्न खोजेकी छन् ।

जीवनमा आईपर्ने साना ठूला कठिनाइहरुले म र मेरो परिवारलाई कहिल्यै विचलित बनाउने छैन । मेरो स्थानमा अरु जो कोही नै भए पनि, यस्तो परिस्थितिमा उक्त व्यक्तिले निर्वाह गर्ने भूमिका मेरो भन्दा भिन्न हुन्छजस्तो लाग्दैन । र जस्तोसुकै अवस्थामा पनि मेरो बुबा र आमा नै मेरो प्रेरणा का स्रोतहरु हुन् र रहनेछन्’ केकीले भनेकी छन् ।

सुख र दुःख घाम र छाँया जस्तै हो भन्दै उनी लेख्छिन्- केही भौतिक सुखहरु गुमाएँ हुँला, तर शून्यबाट शुरु गरेर अनन्तसम्म पुग्न सक्ने आत्मविश्वास गुमाएको छुइँन ।

केकीले विभिन्न माध्यमबाट आफूलाई हौसला दिने आफन्त र शुभचिन्तकलाई आभार प्रकट गरेकी छन् ।
20 Nov 2014

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top