Welcome
एजेन्सी । महिलाहरुले के सोचिरहेका छन् हुन्छन त भन्ने कुरा थाहा पाउन गारो हुन्छ भन्छन तर महिलाहरुको जस्तै पुरुषको मनमा के-के कुरा चलिरहेको हुन्छ भन्ने कुरा थाहा पाउन पनि त्यतिकै गारो छ ।

पुरुषहरुले पनि आफ्नो मनमा त्यस्ता कुराहरु राख्ने गर्दछन् जुन कुरा जो कोहिले थाहा पाउन सक्दैनन । तर आफूले केहि कुरा नभनी आफ्नो मनको कुरा महिलाले बुझुन् भन्ने इच्छा प्रत्यक पुरुषहरुको हुने गर्दछ ।

महिलाहरुलाई पुरुषको मनभित्रको कुरा बुझ्न गारो भएको छ भने यहाँ हामीले पुरुषहरुले महिलालाई कहिल्यै पनि नबताउने तर महिलालाई थाहा होस् भन्ने पुरुषका चार ६ गोप्य कुराको जानकारी दिदैछौ ।

१. भविष्यको चिन्ताः पुरुषहरुलाई आफ्नो भविष्यको केहि पनि चिन्ता नभएको जस्तो देखिएता पनि उनीहरु आफ्नो भविष्यको बारेमा निकै चिन्तित हुने गर्दछन् । उनीहरु भित्र–भित्रै आफ्ना भावी योजनाहरुको बारेमा बिचार–बिमर्स गर्ने गर्दछन् । हुनसक्छ तपाईंको साथी पनि तपाईंलाई उनको भविष्यको सपनाको बारेमा केहि कुरा भन्दैनन् किनभने उनी तपाईंसँग कसम खान डराउने गर्दछन् । कतै आफ्नो सपना पूरा हुने हो कि होइन भन्ने विषयमा पुरुषहरु निकै डराउने गर्दछन् ।

२. गिफ्ट दिन कच्चाः कहिलेकाँही पुरुषहरुले महिलालाई जुन गिफ्ट दिन्छन् त्यो निकै बोरिङ हुने गर्दछ । यस्तो लाग्छ कि उनले केहि बिचारै नगरी यसलाई किनेका छन् तर यसको मतलब यो होइन कि उनले तपाईंलाई कम माया गर्छन् । गिफ्टको बारेमा निर्णय लिन महिलाहरु पुरुषभन्दा निकै राम्रा हुन्छन् । पुरुषहरु गिफ्टको बारेमा धेरै नसोची आफूलाई जे ठिक लाग्छ त्यहि किन्ने गर्दछन् ।

३. पुरुषलाई धेरै ठेस लाग्ने गर्दछः पुरुषहरु आफैँलाई निकै कुल र कुनै कुराको टेन्सन नभएको जस्तो देखाउन चाहन्छन् । साधारणतया पुरुषहरुलाई जब कुनै कुराले दुखी बनाएको हुन्छ उनीहरु त्यसको बारेमा सोचेर नबसी त्यसलाई छोडेर अगाडि बढ्ने गर्दछन् । तर यसको अर्थ यो होइन कि उनीहरुलाई उक्त कुराले तनावमा पारेको हुँदैन । दुखी हुँदा उनीहरु भित्र–भित्रै रुने गर्दछन् तर त्यसलाई आफ्नो अनुहारको हाउभाउमा व्यक्त हुन दिँदैनन् । आफ्नो पिडा र दुःख उनीहरु आफूमा मात्र सिमित राख्न चाहन्छन् ।

४. पुरुषलाई चाहिन्छ स्पेसः पुरुषलाई आफ्नो स्वतन्त्रता निकै मनपर्छ । उनीहरु केहि समय आफैँसँग बिताउन चाहन्छन् । आफ्नो पार्टनर एक्लै अर्को कोठामा बसिरहेका छन् भने अन्यथा नसोची उनीहरुलाई केहि बेरको लागि एक्लै छोडिदिनुहोस् । यसो गर्नाले दिनभरी थाकेका उनी आफै थकानमुक्त हुने गर्दछन् ।

५. पुरुषहरु पनि भावुक हुन्छन्: पुरुषहरु पनि निकै भावुक हुने गर्दछन् । उनीहरु आफ्नो आँसु लुकाउनमा निकै सिपालु हुने भएका कारण उनीहरु कहिले पनि कसैको अगाडि रुँदैनन् विशेषगरि उनीहरु महिलाको अगाडि रुन चाँहदैनन् । तर यदि उनीहरु कहिलेकाँही निकै भावुक भएर रोएको खण्डमा त्यसलाई कहिले पनि हाँसोमा नउडाउनुहोला । तपाईंले उनको आँसुलाई हाँसोमा उडाउँदा एकछिन् उनीपनि तपाईंसँगै हाँस्नुहोला तर उनीहरु कहिले पनि आफ्नो आँसु मजाक भएको हेर्न चाहँदैनन् जसका कारण उनीहरुको मनमा तपाईंप्रति नकारात्मक भावना पैदा हुनसक्छ ।

६. महिलाहरुमाथि नियन्त्रणः पुरुषहरु चाहन्छन् कि महिलाहरु उनीहरुको हरेक कुरा मानुन् । उनीहरुले चाहेको जस्तै व्यवहार गरुन् । उनीहरुलाई मनपर्ने मननपर्ने कुराको बारेमा जानकार रहुन् । सबै मिलाएर भन्ने हो भने पुरुषहरु महिलालाई आफ्नो गिरफ्तमा राख्न चाहन्छन् चाहे त्यो बेडमा होस् वा अन्य कुनै व्यवहारिक जीवनमा ।

0 comments:

Post a Comment

 
Top