Welcome
मोरङमा एक दम्पती खोलामा हामफालेर आत्महत्याको प्रयास गर्दा श्रीमान श्रीमतीमा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर भएका छन् ।

बयरबन–८ बस्ने ५६ वर्षीय बमबहादुर पौडेल र श्रीमती ५० वर्षीया गुञ्जमायाले बयरवन–७ स्थित भलुवा खोलाको पुलबाट मंगलबार साँझ ७.३० बजे हामफालेका हुन् । उनीहरुलाई हामफालेको देखेपछि स्थानियले उद्धार गरेका थिए ।

गुञ्जमायाको घटनास्थलमा नै मृत्यु भइसकेको थियो भने गम्भीर अवस्थामा रहेका बमबहादुरको पथरी अस्पतालमा उपचार भइरहेको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

0 comments:

Post a Comment

 
Top