Welcome
नेपाली बजारमा बिहीबार सुन १६ महिनायताकै सस्तो भएको छ । बुधबार ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ४ सय रुपैयाँ सस्तो भएर ४९ हजार १ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ४९ हजार १ सय ,तेजावी सुन ४८ हजार ८ सय ५० र चाँदी प्रतितोला ६ सय ६५ रुपैयाँमा कारोबार भएको हो । अमेरिकी डलरको अधिमूल्यनसँगै सुनको मागमा कमी आउन थालेपछि भाउ घट्ने क्रम सुरु भएको व्यवसायी बताउँछन् ।

उनीहरुका अनुसार संघीय बैंकले जारी राखेको ऋणपत्र खरिद कार्यक्रमलाई कटौती गरेपछि यसले अमेरिकी अर्थतन्त्र बलियो भएको देखिएको छ भने डलर अझ मजबुत रही आगामी सन् २०१५ देखि बैंक व्याजदर बढ्ने संकेत देखिएको छ । यसकारण सुनको मूल्य अझै घट्न सक्छ । नागरिक दैनिक

0 comments:

Post a Comment

 
Top