April 11, 2025 Menu

Welcome
gitarama-central prison
जेल भन्ने ठाउँ सबैको लागि अपि्रय नै हुन्छ । अपराधी बस्ने ठाउँ जेलमा चाहेका सुखसुविधा हुने कुरै भएन । तर दुनियामा केही त्यस्ता जेल हुन्छन् जसमा कैदीको जिवन समेत निकै खतरामा हुन्छ र त्यहाँको अवस्थाको बारेमा सुन्दा जिउ काँप्छ ।
रुवान्डाको गीतारामा सेन्ट्रल जेल दुनियाको सबैभन्दा खतरनाक जेल हो । खतरनाक भन्ने बित्तिकै यहाँ कैदीहरुलाई चरम यातना दिइन्छ भन्ने ठान्नुहोला । तर होइन यहाँ सुरक्षाकर्मीद्वारा होइन कैदीहरुबीचमै मारामार हुन्छ । कैदीहरुले नै अरु कैदीलाई माछैन् र शवको मासु खान्छन् ।
यो जेलमा ६ सय कैदी अटाउने क्षमता छ । तर यहाँ ७ हजार जना कैदी राखिएको छ ।
कैदीका लागि बस्न समेत ठाउँ नहुँदा धेरै कैदीहरुले दिनरात उभिएरै समय कटाउनुपर्छ । धेरै कैदीहरु फोहोर तथा हिलोमा उभिएका हुन्छन् । फोहोरका कारण जेलभित्र रोगका कारण धेरै कैदीहरु विरामी पर्दछन् ।
जेल प्रशासनले कैदीका लागि पर्याप्त खानेकुरा र बासको समेत व्यवस्था गर्न नसक्दा जेलभित्र मान्छेको मासु खाएको घटना बाहिर आउँदा बेलाबखतमा यो जेलका विषयमा मानवअधिकारकर्मीहरुले समेत चिन्ता व्यक्त गर्ने गरेका छन् । तर यो जेलमा सुधार हुन सकेको छैन ।
19 Feb 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top