April 17, 2025 Menu

Welcome
 ललितपुरमा रहेका ब्युटिसियनहरुले स्थापना गरेको ललित ब्युटीसियन बहुद्देश्यीय सहकारी संस्थाले खोलेको कस्मेटिक होलसेल पसलको बिहीबारबाट शुभारम्भ भएको छ ।

पसलको हाँस्य कलाकार दीपाश्री निरौला, पूर्व मिस नेपाल उषा खड्गी, कान्तिपुर साप्ताहिकका प्रधान सम्पादक सुवास ढकाल, सभासद मदनबहादुर अमात्य र नारी मासिककी सहसम्पादक झरना नहकर्मीले संयुक्त रुपमा उद्घाटन गरे ।
deepa usha
संस्थाकी अध्यक्ष मिना न्यौपानेका अनुसार संस्थाको स्थापनाको एक वर्ष पुगेको अवसर पारेर पसलको शुरुवात गरिएको हो । ‘यो पसलमा महिलाका सम्पूर्ण कस्मेटिकका सामान सुपथ मूल्यमा उपलब्ध गराउने छौं,’ न्यौपानेले भनिन् । उनका अनुसार संस्थाले चाँडै नै वृद्धाश्रम खोल्ने तयारी गरिरहेको छ । संस्थामा हाल ४२ व्युटिसियन सदस्य रहेका छन् ।

कार्यक्रममा कलाकार दीपाश्रीले ब्युटिसियनहरुले गरेको कामको प्रशंसा गर्दै आफ्नो तर्फबाट सहयोगको प्रतिबद्धता जनाईन् । त्यस्तै सभासद अमात्यले वृद्धाश्रम स्थापना गर्ने सोचलाई आफुले पनि सक्दो सहयोग गर्ने बताए । पूर्व मिस नेपाल उषाले पनि ब्युटिसियनको कामको सराहना गरेकी थिईन् ।
13 Feb 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top