April 12, 2025 05:59:55 PM Menu

Welcome
gold-contact-lense-1_1424
सुनका गहना हुनु त सामान्य नै हो । तर हुँदाहुँदा आँखामा प्रयोग गरिने कन्ट्याक्ट लेन्स पनि सुनकै बनाउन थालिएको छ ।
भारतको मुम्बइमा एक जना व्यक्तिले सुनको कन्ट्याक्ट लेन्स तयार गरेका छन् । डाक्टर चन्द्रशेखर चवनले २४ क्यारेट सुनको कन्ट्याक्ट लेन्स तयार गरेका हुन् ।
यो कन्ट्याक्ट लेन्स लगाएपछि आँखा चम्किन थाल्छ । कतिपयले यो कन्ट्याक्ट लेन्स लगाएर अनुभव पनि बटुलिसकेका छन् । कतिपयले यसलाई भयानक बताएका छन् भने कतिपय प्रयोगकर्ताले आफुले निकै शानदार अनुभव बटुलेको प्रतिक्रिया दिएका भारतीय अनलाइन भास्कर डट कमले जनाएको छ ।
यो प्रकारको कन्ट्याक्ट लेन्सको मूल्य ९ लाख ३३ हजार भारु देखि ११ लाख ९ हजार भारु सम्म पर्ने गरेको छ । डाक्टर शेखर आँखा अनुसन्धान केन्द्रले यो कन्ट्याक्ट लेन्सलाई मानिसहरुको आँखामा विशेष तरिकाले राखिदिने गरेको छ ।
यद्यपि अमेरिकामा भने अहिलेसम्म सुनको कन्ट्याक्ट लेन्स प्रयोग गर्ने अनुमति दिइएको छ । विज्ञहरुका अनुसार ५ ग्राम तौलको यो लेन्स आँखामा लगाउँदा आँखाको ज्योति निकै प्रभावित हुनसक्छ । तर आविष्कारक शेखरले भने यस्तो लेन्स पूरै सुरक्षित रहेको र आँखालाई कुनै नकारात्मक असर नपार्ने दाबी गरेका छन्

21 Feb 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top