April 17, 2025 Menu

Welcome
१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्डलाई कालिदासँग तुलना गरेका छन् ।
काठमाडौंमा बुधबारबाट सुरु भएको ट्रेड युनियन इन्टरनेशनल पब्लिक सर्भिसको १२ औं सम्मेलनलाईर् सम्बोधन गर्दै ओलीले ‘३ सयको पल्टन बनाउने’ समाचार पढेपछि कालिदासको याद आएको उनले बताए ।
एमाओवादी अध्यक्ष प्रचण्डको उपस्थितिमा बिहीबार सात जनजाति पार्टीहरुले झण्डै तीन सय युवाहरुको ‘पहिचानवादी युवा शक्ति’ घोषणा भएको थियो ।
त्यसप्रति लक्षित गर्दै ओलीले भने-‘आज बिहान यसो बसेर अखबार पढेको ‘३ सयको पल्टन बनाउने’ भन्ने आएछ । अनि मलाई कालिदासको सम्झना आयो । उनले सिकेको ठूलो क, सानो क फेला परेछ र बरबर आँसु खसाएछन् ।’
धेरै भन्दिँन-‘अलिकति माया लाग्या टिठ लाग्यासम्म त भन्न पाइयो नि’ भन्दै ओलीले भने-‘३५ हजार एके ४७ समेतको पल्टन तीन सयमा आएछ । कालिदासको क सम्झेर कसो कसो लाग्यो मलाई । अलि नमज्जा नमज्जाजस्तो ।’
एमाले अध्यक्ष ओलीले अबको केही महिनाभित्रै नयाँ संविधान जारी हुनेसमेत बताएका छन् । ‘एकाध मान्छे मान्दैनन्, एकाध समूह मान्दैनन् भने जनताले चुनेर पठाएका शक्तिहरुको दुई तिहाइ बैधानिक शक्ति हो, त्यसले संविधान जारी गर्न सक्छ’ उनले भने-‘कसैले रोक्छु भन्ने ठानेको छ भने सम्भव छैन ।’
- See more at: http://www.onlinekhabar.com/2015/02/240818/#sthash.wduhqyuA.dpuf
13 Feb 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top