Welcome |
ट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै विभिन्न १७ विद्यार्थी संगठनले बिहीबार मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको निवास बालुवाटार घेराउ गरेका छन् ।
नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी
युनियन, अनेरास्ववियु (क्रान्तिकारी)लगायतका विद्यार्थी संगठनले आफ्नो
घोषित कार्यक्रम अन्तर्गत बालुवाटार घेराउ गरेका हुन् ।उनीहरुले संयुक्त
रूपमा बिहान ८ बजेदेखि प्रदर्शन गरेका थिए । नेविसंघका प्रवक्ता युपी
लामिछानेले मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने र मागलाई चाँडो सम्बोधन
गर्नुपर्ने आवाज उठाएको बताए । निगम सञ्चालक समितिको गत भदौ २५ गते बसेको
बैठकले प्रतिलिटर पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ३ /३ र आन्तरिकतर्फको
हवाई इन्धनमा ७ रुपैयाँ वृद्धि गरेको थियो । मंगलबार नेपाल आयल निगम र १७
विद्यार्थी संगठनबीच भएको वार्ता असफल भएपछि विद्यार्थीहरुले थप आन्दोलनका
कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरुले बुधबार देशभरका क्याम्पस अगाडि
प्रदर्शन गरेका थिए ।
0 comments:
Post a Comment