Welcome
>एयर डाइनेस्टीको ९ एन इएक्स कल साइन भएको हेलिकोप्टर लुक्ला विमानस्थलमा आज बिहान करिव दुर्घटनाग्रस्त भएको छ। काठमाडौंबाट लुक्लाका लागि उडेको हेलिकोप्टर अवतरणका क्रममा विमानस्थल सुरक्षाका लागि लगाइएको तारजालीमा ठोक्किएर ओगो लागेको थियो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी बद्री विक्रम थापाका अनुसार गम्भीर घाइते हुनेमा होटल मेराका मालिक दावागेल शेर्पा छन् भने तारा एयरका मालिक सोनामछिरिङ शेर्पाकी श्रीमती अनिता शेर्पा सामान्य घाइते भएकी छन्। हेलिकोप्टरमा सवार सोनाम छिरिङ शेर्पा र चालक क्याप्टेन अरुण मल्ल भने सकुशल छन्

0 comments:

Post a Comment

 
Top