Welcome
दिनहुँ प्रहरीलाई टेलिफोनमा ब्लक कल गरेर जिस्काउने ३ जनालाई नियन्त्रणमा लगिएको छ । प्रहरी नियन्त्रणमा रहेका उनीहरुलाई साधारण कार्वाही गरेर पहिलो पटकलाई माफी दिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार ब्लक कल गर्ने महिलाहरु २ जना र पुरुष १ जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा रहेका रावतकोट – ७ की बसना विक, बासी – ८ कि सुन्तली विष्ट र रावतकोट – ७ का खगेन्द्र कार्की रहेका छन् ।

उनीहरुले पैसा नलाग्ने १०० नम्वरको टेलिफोनमा प्रहरीलाई जिस्काउने गर्दर्थे । प्रहरीले ब्लक कल गर्नेहरुको लामो लिष्ट तयार पारेको छ फेरी उनीहरुले कल दोहोर्याए कानुनी दायरामा ल्याईने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा कुनै घटना वा अपराध सम्वन्धी सुचनाका दिन सेवाग्राहीलाई सजिलो होस भनेर उपलब्ध गराईएको १०० नम्वरको फोनमा उनीहरुले फोन गरेर प्रहरीलाई तनाव दिने गरेको थिए ।
ब्लक कलमा अधिकाँश केटीहरु रहेको प्रहरीले जनाएको छ । ब्लक कल गर्नेहरुले एनसेलको सिम प्रयोग गर्ने प्रहरीले जनाएको छ । ‘अरु नम्वरहरु कस्को नाममा रहेको छ पत्ता लगाउँदै छौ ।’ जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी प्रज्वल महर्जनले भने । प्रहरीलाई फोन गरेर हैरानी दिनेलाई एक पटक सुध्रिने मौका दिएपनि दोहो¥याउनेलाई सार्वजनिक अपराध अनुसारको मुद्धा चलाईने प्रहरीले जानकारी दिएको छ ।

0 comments:

Post a Comment

 
Top