Welcome
कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा आज अपराह्न प्रकाशन हुने भएको छ। नतिजा प्रकाशनका लागि अहिले परीक्षा समितिको बैठक सानो ठिमीमा बसिरहेको नागरिकन्युजकर्मी रुबी रौनियारले जनाएकी छिन्। 'अपरान्ह ४ बजेसम्म नतिजा प्रकाशित गर्ने तयारी भइरहेको छ', उच्च माध्यामिक शिक्षा परिषदका परीक्षा नियन्त्रक दुर्गा अर्यालले नागरिकन्युजसँग भने।
३ वटै संकायमा गरी ३ लाख ५८ हजार विद्यार्थी परीक्षामा सामेल भएका थिए।

0 comments:

Post a Comment

 
Top