| Welcome |
सुविधासम्पन्न देश अमेरिका जाने र उतै बस्ने मोह धेरैलाई हुन्छ । यसैले पनि अमेरिका जान डिभी भर्नेको संख्या वर्षेनी बढ्दो छ ।
सर्वसाधारणदेखि उच्चपदस्थ कर्मचारीले पनि डिभी भर्ने गरेका छन् । तर
बेलैमा ध्यान नपुर्याए डिभी परेर अमेरिका जाने सपना चकनाचुर हुन सक्छ
डिभी पर्ने आश्वासन दिएर खुलेका कन्सल्टेन्सी तथा इन्स्टिच्युटले मनपरी
शुल्क लिएर ठगी गर्न थालेकाले सावधानी अपनाउन नेपालमा रहेको अमेरिकी
दुतावासले आग्रह गरेको छ । दुतवासले डिभी भर्न कुनै शुल्क नलाग्ने पनि
स्पष्ट पारेको छ
दूतावासका अनुसार
दुतावासले आउने मंगलबारदेखि कात्तिकको १६ गतेसम्म आवेदन फारम भर्न सकिने
जनाएको छ । डिभी भर्न कुनै परामर्शदाताको सहयोग नलिन दूतावासले भनेको छ ।
डिभी खुल्ने बित्तिकै थुपै्र परामर्शदाताहरुले डिभी पर्ने आश्वासनमा
विज्ञापन गर्न थालेपछि दुतावासले सचेतना अपनाउन भनेको हो ।
आवेदन फारममा स्पष्ट रुपमा मागेका सबै विवरण भर्न पनि सुझाइएको छ । दुतावासका अनुसार स्पष्ट रुपमा विवरण उल्लेख नगरे फारम रद्द हुनेछ । उसले परिवारका एक सदस्यलाई मात्र डिभी भर्न पनि आग्रह गरेको छ डिभी परे/नपरेको स्पष्ट जानकारी कन्फर्मेसन लेटरबाट मात्र थाहा पाइने भएकाले डिभी भरेपछि २०१५, जुन १५ सम्म यो लेटर सुरक्षित राख्नुपर्नेछ । डिभीको नतिजा २०१४ मे १ तारिखमा हुनेछ चिठ्ठा पर्दैमा ढुक्क नहुनोस् दूतावासले डिभी पर्दैमा ढुक्क नहुन पनि आग्रह गरेको छ । डिभी पर्दैमा अमेरिका जाने ग्यारेन्टी नहुने भन्दै दुतावासले विश्वस्त नहुन भनेको हो दूतावासले योग्य व्यक्तिलाई मात्र जाने अवसर दिने स्पष्ट पारेको छ । अमेरिका लैजाने कोटा निश्चित हुने भएकाले डिभी परेका सबै जना अमेरिका जान पाउँदैनन् । निश्चित विजेतालाई मात्र अन्तरवार्तामा बोलाईन्छ । अन्तरवार्तामा कन्सुलर अफिसरले अमेरिका पठाउने वा नपठाउने निश्चित गर्नेछन् । डिभी भर्नका लागि कक्षा १२ उत्तिर्ण अनिवार्य छ । अमेरिकी सरकारले भिसा मात्र दिने हो बाँकी सबै तयारी र खर्च व्यक्ति स्वंयले गर्नुपर्छ ।

0 comments:
Post a Comment