Welcome |
स्याङजाको खिलुङदेउराली ५ की सीतली गोदारको गर्भमा रहेको सन्तान कसको भन्ने विषय विवादमा परिणत भएपछि प्रहरीलाई विवाद मिलाउनै हम्मे हम्मे पर्यो ।
सुरुमा सीतलीले आफ्नो गर्भमा रहेको सन्तानको बाबु आफ्नै ससुरा भएको बताइन् । त्यसपछि प्रहरीले सीतलीका ससुरा तिलबहादुर गोदारलाई पक्रियो । तर सीतलीले एकैछिनमा बयान फेरिन र सन्तानको बाबु आफ्नै १४ वर्षका छोरा भएको बताएपछि विवादले उग्र रुप लियो ।
सीतलीको बयानपछि प्रहरीले ससुरालाई छाडेर सीतलीका छोरालाई पक्रियो । स्थानीयबासिन्दाले भने प्रहरी र सीतलीको मिलेमतोमा निर्दोष छोरालाई
फसाइएको भन्दै प्रहरी कार्यालय घेराउ गरे । त्यसक्रममा स्थानीयबासिन्दा र
प्रहरीबीच झडप पनि भयो । झडपका क्रममा केही घाइते समेत भएका छन् ।
तिलबहादुरले बुहारीलाई करणी गर्दा गर्भ रहेको स्विकारे पनि प्रहरीले उनलाई
छाडेर छोरालाई नियन्त्रणमा लिएको भन्दै स्थानीय बासिन्दा आक्रोसित बनेका
हुन् । स्थानीयबासिन्दाको विरोधपछि प्रहरीले तिलबहादुरलाई पुन पक्राउ गरेको
छ । प्रहरीले घटनाको थप अनुसन्धान गर्ने जनाएको छ ।
0 comments:
Post a Comment