Welcome
असोज ६– भल्चौर गाविस १ का बाबुराम बिक टुप्लुक्क घर आइपुग्दा परिवारका सदस्यलाई सपना हो कि विपनाजस्तो लाग्यो । भारतको केदारनाथतिर मजदुरी गर्न गएका बाबुराम लामो समय बेखबर भए । भारतको केदारनाथतिर मजदुरी गर्न गएका बाबुराम लामो समयसम्म बेखबर भए । गत असारमा बाढी पहिरो आउँदा उनी त्यतै थिए । परिवारका सदस्यले उनको धेरै खोजी गरे तर अत्तोपत्तो लागेन । अन्तमा परिवार निष्कर्षमा पुग्यो उनी मरिसके । त्यसैले परिवारका सदस्यले दुई महिनाअघि उनको काजकिरिया गरे । लामो समय बेखबर भएको व्यक्ति मरेको ठानिएपछि हिन्दु संस्कार अनुसार आत्माको शान्तिका लागि काजकिरिया गर्ने  चलन छ । यही मान्यताअनुसार उनको पनि काजकिरिया गरियो । उनकी पत्नी विधवा बनिन्, छोराछोरी टुहुरा भए, परिवारले एउटा सदस्य गुमायो । गाविस कार्यालयमा पनि मृत्यु दर्ता गरियो । 

आजको अन्नपुर्ण पोष्ट दैनिक आफ्नो रोचक खबरको अगाडि लेख्छ– तर सवैलाई आश्चर्यमा पार्दै बाबुराम शुक्रवार घर आइपुगेका छन् । काजकिरिया गरेर माया मारिसकेका बाबुराम घर फर्किएपछि परिवारजन र छिमेकीका आँखामा हर्षका आशु खसे । त्यसपछि उनलाई बाजागाजासहित हर्ष बढाइँ गरेर शनिबार घरमा भित्र्याइयो । यतिमात्र होइन गाउँलेले स्थानीय शिवमन्दिरमा बाबुराम र उनकी पत्नी नोखीको पुनर्विवाह गराइदिए । पतिको काजकिरियापछि रातो कपडा, सिन्दुर, चुरा, पोते लगाउन छाडेकी नोखी फेरि शौभाग्य सामग्रीले सजिएकी छिन् । ‘बाढीमा परेर बेपत्ता भएका व्यक्तिलाई खोज्न जाँदासमेत नभेटिएपछि हामीले माया मारिसकेका थियौंं’नोखिले खुशी हुँदै भनिन्‘ मरिसके भनेर काजकिरियासमेत गर्यौं तर एक्कासी घर फर्केपछि खुशीमात्र हैन चकितमात्र भएका छौं ।’

0 comments:

Post a Comment

 
Top