Welcome |
जुनियर महिलाको ५० केजीमुनि सुनीता लामाले भुटानी खेलाडीलाई ६–४ ले पराजित गरी स्वर्ण जितिन् ।
सिनियर महिलाको ५० केजीमुनि सुभद्रा श्रेष्ठले भारतीय खेलाडीलाई ४–३, ४५ केजीमुनि अर्मिला डिसीले भुटानी खेलाडीलाई ६–४, ५५ केजीमुनि सपना लामाले भारतीय खेलाडीलाई ३–२ ले हराउँदै स्वर्ण जितेका छन् ।
यस्तै ६१ केजीमुनि सुनीता महर्जनले बंगलादेशी खेलाडीलाई ४–०, ६८ केजीमुनि रिता कार्कीले भारतीय खेलाडीलाई ४–२ तथा ६८ केजीमाथि कलपना बस्नेतले भुटानी खेलाडीलाई ३–२ ले हराउदै स्वर्ण जितेका छन् ।
त्यस्तै पुरुषको ५० केजीमुनि लक्ष्मण तामाङले भारतीय खेलाडीलाई ३–०, ६७ केजीमुनि मन्डेकाजी श्रेष्ठले भुटानी खेलाडीलाई ६–२ तथा ८४ केजीमुनि भीमबहादुर तामाङले भुटानी खेलाडीलाई ६–५ ले पाखा लगाउदै स्वर्ण पदक जिते ।
एकल कातामा दुई नेपाली खेलाडी सेमिफाइनलमा पुगेका छन् । पुरुषमा पुरुषोत्तम बाँस्तोला र महिलामा चन्चला दनुवारले सेमिफाइनलमा स्थान सुरक्षित गरे । दुईदिने प्रतियोगितामा नेपाललगायत भारत, बंगलादेश र भुटान गरी ४ राष्ट्र सहभागी छन् ।
0 comments:
Post a Comment