Welcome
लोक क्षेत्रका चर्चित गायक बिमल डाँगी एकल साँझमा प्रस्तुत हुने भएका छन् । विन्ध्यवासिनी म्यूजिक प्रालीले महिला तथा बालबालिकाको सहयोगार्थ प्रस्तुत गर्न लागेको बिमल डाँगी एकल साँझ २०७० मा यि लोकपि्रय गायक प्रस्तुत हुन लागेका हुन् ।डेढ बर्षदेखि अमेरिकामा रहेका डाँगीलाई विन्ध्यवासिनी म्यूजिकले एकल साँझकै लागि नेपाल बोलाएपछि उनी यहाँ आएर तयारीमा लागेका हुन् । अघिल्लो वर्ष हामीले भक्तराज आचार्य संगीत प्रतिष्ठानको सहयोगार्थ सत्यस्वरुप साँझ आयोजना गर्‍यौं, यसपटक महिला तथा बालबालिकाको सहयोगार्थ विमल डांगी एकल साँझ गर्न लागेका हौं’ विन्ध्यवासिनी म्युजिकका प्रवन्ध निर्देशक सुवास रेग्मीले भने । गत बर्ष खर्च कटाएर प्रतिष्ठानलाई साँढे नौ लाख उपलब्ध गराएका रेग्मीको भनाई छ ।
यसपटक पनि खर्च कटाएर विन्ध्यवासिनी कल्याणकारी कोष खडा गरी त्यसमार्फत महिला तथा बालबालिकाको क्षेत्रमा सहयोग गर्ने योजना आयोजकको छ । कार्यक्रमबाट प्राप्त मुनाफाले अनाथ आश्रममा आश्रीत विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने योजना छ । रेग्मीका अनुसार गत वर्ष सुगम संगीतबाट शुरु भएको विन्ध्यवासिनीको सांगितीक साँझको श्रृंखला यस वर्ष लोक गायनबाट अघि बढ्छ भने आगामी वर्ष पप संगीत प्रस्तुत हुनेछ ।
३ घण्टासम्म लगातार चल्ने विमल डाँगी एकल साँझ चार चरणमा सम्पन्न हुनेछ । गीत संगीत प्रस्तुतिको यो साँझमा संगीतकर्मी सम्मान र पत्रकार सम्मानको कार्यक्रम पनि रहनेछ । योे साँझमा संगीत साधक भक्तराज आचार्यलाई पशुपति म्युजिक प्रालिको प्रायोजनमा नगद ५० हजार एक रुपियाँसहित संगीतकर्मी सम्मान प्रदान गरिँदैछ भने विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीलाई हाइलाइट्स नेपालको प्रायोजनमा नगद राशीका साथ गीत संगीत पत्रकारिता सम्मान गरिँदैछ ।
अपारान्ह ४ बजेदेखि एनटीभी प्लसले प्रत्यक्ष प्रसारण तथा अमेरिकाको ह्वाइट हिमाल टिभीले समेत प्रसारण गर्ने एकल साँझमा लोकगायक डाँगीले आप\mना झण्डै डेढ दर्जन लोकपि्रय गीतहरु गाउने छन् । विमलले लोक आधुनिक भाकाको छमछम, समसामयिक भाकाको अशान्तिको हट्यो बादल, देउडा घर बगायो बस्या छु धनसारमा, सालैजो पारी है पर्‍यो, पुर्वेली भाकाको घिन्ताङ घिन्ताङ मादल बज्यो, काठे भाकाको नुवाकोटे नानी, एकल लोक गीत एउटा कुरा भन्न त पाइएला, लोकगीतहरु मेरी आमाले, फापरको पिठो पठाइदेउ आमा, ज्यानले धोका दियो नभन, यो मुटु तिम्रै होसँगै बनको काँडाले, पानसमा बत्ती बालेकोजस्ता दोहोरी गाउने तयारी गरेका छन् ।
महिला तथा बालबालिकाको सहयोगार्थ हुन लागेको कार्यक्रम भएकाले यो साँझका लागि स्वदेश तथा प्रवासमा बस्ने संगीतकर्मी र संगीतकर्मी नेपालीहरुले आर्थिक सहयोग उपलब्ध गराईरहेका छन् ।

0 comments:

Post a Comment

 
Top