April 10, 2025 Menu

Welcome
 सेयरधनी र डिपोजिटरको साढे ६ करोड रुपैयाँ ठगेर भागेका काठमाण्डौं सिनामंगलस्थित युगदर्शन बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अध्यक्ष नरेशकुमार श्रेष्ठ संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारको दौडमा छन् । सभापति सुशील कोइरालासँग राम्रो सम्बन्ध बनाएका श्रेष्ठलाई खोटाङ क्षेत्र नम्बर १ को टिकट दिने तयारी भएको छ । श्रेष्ठ विरुद्ध ठगी र भ्रष्टाचारको अभियोगमा शुक्रबार अख्तियारले दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । १२६२५ नम्बरमा अख्तियारले श्रेष्ठ विरुद्धको उजुरी दर्ता गरिसकेको छ । ठगीको अभियोगमा श्रेष्ठ विरुद्ध पीडितहरुले आइतबार महानगरीय प्रहरी कार्यालय हनुमानढोकामा पनि उजुरी दिने भएको कमाण्डर पोष्टमा खबर छ । ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेतका म्यानेजर राजेश श्रेष्ठसँग सम्बन्ध बनाएका उनले युगआदर्श सहकारीको नाममा किर्ते गरी विभिन्न ठाउँमा रहेका सहकारीका जग्गा पनि बिक्री गरेको अख्तियारमा परेको उजुरीमा उल्लेख छ । 
28 Sep 2013

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top