Welcome |
सरकारले सार्वजनिक गरेको क्यासिनो नियमावली २०७० लागु गर्न नसक्ने अवस्था आएपछि क्यासिनो सांग्रिला सँधैका लागि बन्द हुने भएको छ ।
क्यासिनो नियमावली अनुसार सांगि्रलाको नियमित सञ्चालन गर्न ३५ करोड रुपैयाँ भन्दा बढी रकम लाग्ने छ । सो क्यासिनाले त्यहाँ कार्यरत कर्मचारीलाई सम्पूर्ण तलब दिएर बन्द गर्न लागेको हो । क्यासिनो बन्द भएपछि करिव ५ सय जनाको रोजगारी गुमेको छ ।
मलेसियाली लगानीमा सञ्चालन हुँदै आएको साँग्रिलाका व्यवस्थापन प्रमूख कार्यकारी अधिकृत ड्यानियल कडले सरकारले ल्याएको मापदण्ड अनुसार आफूहरु चल्न नसक्ने भएकाले क्यासिनो नै बन्द गर्नुपर्ने अवस्थामा आएको बताएका छन् ।
उक्त क्यासिनोमा कार्यरत कामदारलाई एकमहिना बढी समयको तलब क्षतिपूर्ति वापत दिएर बन्द गर्ने तयारी भएको क्यासिनो स्रोतले बताएको छ । क्यासिनो सञ्चालनका क्रममा त्यहाँ कार्यरत कर्मचारीलाई मासिक तलबभत्ताबापत ८० लाख रुपैयाँ र क्यासिनोको सम्पूर्ण व्यवस्थापन सञ्चालन गर्न मासिक साढे २ करोड रुपैयाँ खर्च हुँदै आएको छ । क्यासिनो बन्द गर्नका लागि पनि कर्मचारीलाई तलबभत्ता, क्षतिपूर्तिसहित करिब चार करोड रुपैयाँ भन्दा बढी खर्च भएको व्यवस्थापनले जनाएको छ ।
सरकारले गत असार मसान्तमा ल्याएको क्यासिनो नियमावली अनुसार हरेक क्यासिनोले वाषिर्क रुपमा सरकारलाई बुझाउनुपर्ने दुई करोडको सरकारी शुल्क दोब्बर बनाएको छ । नियमावलीले क्यासिनो सञ्चालन गर्ने प्रावधानलाई पनि कडा बनाएको
0 comments:
Post a Comment