Welcome
मिति नजिकिँदा सीमावर्ती क्षेत्रमा हातहतियारको कारोबार वृद्धि भएको पाइएको छ । भारतबाट पर्साको ग्रामीण नाका हुदै हातहतियार भित्रने क्रम बढेको हो । मगंलबार दिउसो सीमावर्ती भारतीय गाउँ पनटोकवा हुँदै मुलुक भित्र्याउने क्रममा सिर्सियाखल्वाटोलामा मोटरसाइकलमा सवारलाई जाँच गर्दा सशस्त्र प्रहरीले सट गनमा प्रयोग हुने ४० राउन्ड गोली बरामद गर्‍यो । ना १०प २८१४ नम्बरको मोटरसाइकलमा सवार नगरदाहा २ निवासी गफार मियाँको साथबाट गोली फेला परेको सशस्त्र प्रहरी उपरीक्षक गणेश ठाडा मगरले बताए । २ हजारको प्रलोभनमा गोली नाका कटाएको गफारले बताएका छन् ।
भदौ २३ गते वीरगन्जभन्दा ४० किमि पश्चिममा रहेको पकाहामैनपुरमा हतियार खरिदबिक्री भइरहेको सूचनाका आधारमा छापा मारी प्रहरीले ८ राउन्ड गोली क्षमता भएको म्याग्जिनसहित मेड इन इंगल्यान्ड लेखिएको अर्धस्वचालित पेस्तोल बरामद गर्‍यो । पेस्तोल बिक्री गर्ने रामजी चौहानलाई हिरासतमा छन् । ३ दिनअघि मात्र बागेश्वरी तित्रौनाका फुलमहमदलाई १ थान नलकटुवा पेस्तोलसहित पक्राउ गर्‍यो । उनको बयानका आधारमा प्रहरीले सीमावर्ती सबैठवामा छापा मारी घरेलु नलकटुवा बनाउने कारखाना फेला पारेको थियो । अजिज मियाँको घरबाट ५ राउन्ड गोली, हातहतियार बनाउने मेसिन र विभिन्न सामग्री बरामद भएको प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जनाए ।
विदेशी या स्वदेशी जुनसुकै हतियार भए पनि काम एउटै गर्ने भएकाले घरुलु उत्पादित सस्तो हतियारको माग बढ्दो छ । ३ हजारमा यस्ता हतियार सहजै उपलब्ध हुन्छन् । भारत पन्जाबको लुधियाना र विहारको नवादा क्ष्ाेत्रबाट ७ देखि ११ राउन्ड गोली क्ष्ामता भएका पेस्तोल भित्रिरहेका छन् । 'भारतमै बन्ने भए पनि राम्रो दाम पाउन त्यस्ता पेस्तोलमा मेड इन अमेरिका र इंगल्यान्ड लेखिएका हुन्छन्', प्रहरी स्रोतले भन्यो, '२० देखि ३० हजारमा वीरगन्जमा डेलिभरी दिन्छन् ।' दुवै देशका सीमावर्ती गाउँका केही बिचौलियाले बिक्रेता र खरिदकर्ताबीच मध्यस्थकर्ता गर्ने गरेको ती प्रहरी स्रोतको दाबी छ । खुला सिमानाले गर्दा उत्तर प्रदेश र विहारका चुनावी राजनीतिका विसंगत पक्षहरू यतातिर पनि भित्रिएको तराईका विश्लेषक चन्द्रकिशोर झा बताउँछन् । 'राजनीतिमा प्रभुत्व फैलाउन खोज्ने शक्तिहरूले अघिल्ला चुनाव आफ्नो पक्षमा पार्न हातहतियार तथा बाहुबलको सहयोग लिएका थिए', उनले भने, 'अगामी चुनावमा पनि प्रयोग गर्न सक्छन् ।' गृह मन्त्रालयले समेत चुनावका लागि पर्सा, बारा र रौतहटलाई अति संवेदनशीलको सूचीमा राखेको छ । 'निर्वाचन सुरक्षालाई ध्यान दिँदै हतियारका शंकास्पद कारोबारी र ग्रामीण नाकामा निगरानी राख्ने काम प्राथमिकतामा राखेका छौं,' एसएसपी सर्वेन्द्र खनालले भने । क्षेत्रीय प्रशासन हेटौंडाको आयोजनामा भएको सुरक्ष्ाा प्रमुखको बैठकले समेत साना हतियारको प्रयोग चुनावको मुख्य चुनौती बन्न सक्ने निष्कर्ष निकालेको थियो ।
सुरक्ष्ाामा चुनौती 
साना हतियारको प्रयोगका कारण मुलुकको राजनीतिमा चर्चामा छाउने जिल्ला रौतहट हो । विगतका निर्वाचनमा यस्ता हतियार सुरक्षा चुनौती थिए । खुला सिमानाका कारण पेसेवर आपराधिक समूहले साना हतियारको ओसारपसार गर्छन् । त्यसबाट हुने आपराधिक गतिविधि मुख्य चुनौती रहेको सुरक्षा अधिकारीको ठम्याइ छ । चुनौती सामना गर्न अपनाइने रणनीतिबारे सुरक्षा अधिकारीले भारतीय समकक्षीसित छलफल गरेका छन् । 
राजनीतिक आवरणमा निर्वाचनमा आपराधिक पृष्ठभूमिका व्यक्तिले संरक्ष्ाण पाउँछन् । तिनले सीमा पारिबाट साना हतियार भित्र्याउँछन् । त्यसलाई रोक्न स्थानीय प्रशासनलाई चुनौती छ । निर्वाचनमा भारतीय अपराधीले बम तथा साना हतियार प्रयोग गर्दै आएका छन् । 'निर्वाचन नजिकिँदै छ', सशस्त्र प्रहरी सीमा सुरक्षा बलका एसपी वीरेन्द्रराज श्रेष्ठले भने, 'खुला सीमाका कारण साना हतियारको ओसारपसार बढ्न सक्छ ।'

0 comments:

Post a Comment

 
Top